सिटिजन्स बैंकको १०४औँ शाखारहित बैंकिङ्ग सेवा दोलखाको बाघखोरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2020 | 03:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited ले १०४औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले दोलखा जिल्लाको बाघखोरमा असार ३ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

सोवा सञ्चालनकालागि व्यवसायीक प्रतिनिधीका रुपमा गोविन्द श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ । बैंकले शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved