जनता र त्रिवेणीको एकीकृत कारोबार सुरु,चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकले अघि सार्यो २ विकल्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 09:03:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र त्रिबेणी बिकास बैंक एक आपसमा गाभिएर बनेको जनता बैंकले आजदेखी एकीकृत कारोबार सुरु गरेको छ। साबिकको जनता बैंक र त्रिबेणी बिकास बैंक एक आपसमा गाभिएर बनेको जनता बैंक नेपालको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले गरे। 

मर्जर पश्चात बनेको जनता बैंक नेपालको चुक्ता पुंजी करिब ५ अर्ब हाराहारीमा पुगेको जनता बैंक नेपालको संचालक समितिको अध्यक्ष केशब बहादुर रायमाझीले बताएका छन। राष्ट्र बैंकले पुंजी वृद्धि नीति ल्याउनु अगाबै जनता बैंक र त्रिबेणी बिकासले एक आपसमा गाभिने प्रक्रिया अघि बढाएको उनले बताए। 'मर्जर बाध्यताले नभई दुवै संस्थाको स्वस्फूर्त चाहनाले भएको हो' उनले भने।

मर्जर पश्चात बनेको जनता बैंकको शाखा संख्या ७३ पुगेको छ। त्यस्तै मर्जर पश्चात बन्ने बैंकको निक्षेप ३७ अर्ब, कर्जा लगानी ३३ अर्ब पुगेको छ भने हाल कर्मचारी संख्या ७ सय पुगेको छ।      

चुक्ता पुंजी ८ अर्ब पुर्याउनका लागि बैंकले अर्को एक विकास बैंक (सिद्दार्थ डेभलपमेन्ट बैंक) लाई प्राप्ति गर्ने प्रक्रियामा रहेको छ। राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बैंकसंग ६० प्रतिशत हकप्रद र अर्को बिकास बैंक प्राप्ति गर्ने दुई बिकल्प जनता बैंकसंग रहेको अध्यक्ष रायमाझीले बताएका छन। जनता बैंकले हकप्रद भन्दा अर्को बिकास बैंकलाई गाभ्ने प्रक्रियालाई बढी प्राथमिकतामा राखेको उनले बताए।  

बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट चैत ६ गते अन्तिम स्वीकृती पाएको हो। त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यलयबाट चैत १३ गते दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएको हो।  

त्यस्तै नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार नै एकीकृत कारोबार गरेको दुई साता भित्र नै सेयर कारोबार खुला गर्ने गरि तयारी गरिएको बैंकले जनाएको छ। मर्जर पश्चात बन्ने जनता बैंक नेपालको केन्द्रीय कार्यालय साबिकको त्रिबेणी बिकास बैंकको केन्द्रीय कार्यलय रहेको थापाथली स्थित सेन्ट्रल बिजनेश पार्कमा रहने भएको छ।  

मर्जरपश्चात बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ। ६० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५५ करोड पुग्ने छ। यद्दपी मर्जरपश्चात बन्ने जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। सिद्दार्थ विकास बैंकलाई एक्वायर गरे पश्चात हकप्रद बिना नै चुक्ता पुंजी ८ अर्ब पुग्ने भएकाले बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रकियालाई पुनर्विचार गर्ने जनाएको छ।     

यो पनि: 

जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने, कति तोकियो स्वाप रेसियो ? 

मर्जर प्रक्रियामा रहेको जनता बैंकको यस्तो प्रगतिलाई कसरि बुझ्ने ? 

जनतामा त्रिबेणीको साथसाथै सिद्दार्थ डेभलपमेन्ट पनि गाभिने, कति तोकियो स्वाप रेसियो ?  

जनतामा सिद्दार्थ मिसिएपछी के होला ६० प्रतिशत हकप्रद ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved