एन आई सी एशिया बैंकद्वारा काठमाडौं मेडिकल कलेज, दुवाकोटमा वृक्षरोपण कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 05:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज भक्तपुरमा वृक्षारोपण गरेको छ ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत  भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३०० विरुवाहरुको वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बताएको हो । 

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ८००० विरुवाहरुको वृक्षरोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याएको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसलले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved