एनबी इन्स्योरेन्सको शाखा बागलुङमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 08:17:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एनबी इन्स्योरेन्सले आफ्नो २२ औ शाखा बाग्लुङमा संचालनमा ल्याएको छ। शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागांईले गरे। सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनी संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति थियो।

उद्घाटन अवसरमा बोल्दै चापागाईंले सर्वसाधारणलाई सहज सेवा दिनेगरी कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए। उनले आ-आफनो घर, चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क हुन सबैलाई आग्रह गरे।

सोहि अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने दावी गरे।

हालै सम्पन्न २०औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १० शेयर बराबर ८ का दरले हकप्रद सेयर प्रदान गरे पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved