आइएमई लाइफ पुग्यो बाग्लुङमा, यहि बर्ष ५५ शाखा, ६० करोडको आइपीओ ल्याउँदै

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 10:32:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हालसालै मात्र बीमा सिमितिबाट जीवन बीमा संचालन गर्न अनुमति लिई कारोबार सुरु गरेको आइएमई लाईफ इन्स्योरेन्सले कारोबार तथा शाखा बिस्तारलाई तिब्र बनाएको छ। सोहि क्रममा आइएमई लाइफले बाग्लुङमा कात्तिक ८ देखि नयाँ शाखा संचालनमा ल्याएको छ। 

शाखाको उद्घाटन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए। भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई  चुस्त र सहज सेवा दिन बिशेष ध्यान दिनुपर्छ, उनले भने। 

चापागार्ईंले सबैले आफनो र परिवारको सदस्यको जीवन बीमा गरेर ढुक्क भएर जीवनयापन गर्न पनि उपस्थित सबैलाई आग्रह गरे। उद्घाटन अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको उपस्थिती थियो ।  

उद्घाटन अवसरमा बोल्दै ढकालले उद्योगी, व्यावसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं वाह्रय प्रर्यटनको साथसाथै मेची देखि महाकालीबाट बैदेशीक रोजगारीमा रहेका नेपालीहरुको लागि समेत यस आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनियता सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं वाह्य रेमिटान्स सेवा, बैकिङ्ग, जीवन तथा निर्जीवन बीमा सेवा, पर्यटन प्रवद्र्धनको लागि केबलकार, अटोमोवाईल सेवा, जलबिद्युत उत्पादन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको जानकारी दिए। आफ्नो गृह जिल्ला समेत रहेको बाग्लुङ्गमा आफ्नो समूहले शुरु गरेका सेवाहरु प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले खुसि ब्यक्त गरे। 

सोही अवसरमा डा. अर्यालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए। आइएमई लाइफले यो बर्ष देशभर ५५ वटा शाखा खोली सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्नेछ    आगामी योजना सुनाउदै डा. अर्यालले भने, 'कम्पनीले १ बर्षभित्र सर्बसाधारणलाई शेयर जारी गरि कम्पनीको चुक्ता पूंजी २ अर्ब पुर्याउनेछ।'    

उद्घाटन अवसरमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका अध्यक्ष,  जिल्ला न्यायधीश, मेयर, स्थानिय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, स्थानिय उद्योगी, व्यापारीहरु लगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, बाग्लुुङ्ग स्थित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न यातायात समितिका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा कम्पनीको बाग्लुङ्ग शाखाले सोही दिन २० लाख बीमा शुल्क आर्जन गरेको जानकारी गराएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved