आज देखि एनसेलको लोगो परिवर्तन, साथमा ल्यायो निशुल्क सुबिधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 06:54:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी  एनसेलको लोगोमा आज देखि परिवर्तन आएको छ । एनसेललाई मलेशियाको आजियाटा कम्पनीले खरिद गरेपछि रिब्राण्डिङ स्वरुप लोगो परिवर्तन भएको हो ।  परिवर्तित नयाँ लोगो आज साउन ३१ गतेबाट कार्यन्वयनमा ल्याईएको ऐनसेलले जनाएको छ । हाल   एनसलेलमा एक्जियटाको लगानी रहेको रेन्होल्डस्को ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस अघि एनसेल टेलीसोनेरा कम्पनीको स्वामित्वमा थियो । 

 एनसेलले रिब्राण्डिङसँगै २ बर्षभित्र थप ७० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्ब रुपैयाँको पूँजीगत लगानीबाहेक एनसेलले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चितगर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पूँजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको हो  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved