व्यवसायीले भने, ‘भदौ २५ भित्र कर तिर्न सक्दैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 06:19:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भदौ २५ भित्र कर राजश्व दाखिला नगरे जरिवाना लगाउने भनेपछि नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गरी भदौ २४ सम्म निषेधाज्ञा नै रहेकाले आन्तरिक राजश्व कार्यलयले तोके अनुसार भदौ २५ भित्रै कर राजश्व दाखिला गर्न नसकिने जनाएको छ । 

‘वर्तमान परिस्थितिमा जारी हुँदै गरेको निषेध आज्ञा र अधिकाशं जिल्लाहरु लगायत काठमाण्डौ उपत्यकामा भाद्र २४ गते १२ बजे रातिसम्म निषेध आज्ञा जारी कायमै रहँदै गर्दाको परिस्थितिमा भाद्र २५ गते सम्पूण कर राजश्व अनिवार्य रुपमा दाखिला गर्नुपर्ने व्यवस्था असान्दर्भिक र अव्यवहारीक रहेको सम्पूर्ण सरोकारवाला सरकारी निकायहरु प्रति ध्यानआकर्षण गराउँदै वर्तमान संकटमय अवस्था कायम रहुन्जेलसम्म कर राजश्व प्रत्येक महिनाको २५ गते अनिवार्य रुपमा दाखिला गर्नुपर्ने र दाखिला गर्न नसक्दा विलम्ब जरिवाना लगाउने व्यवस्था हालको लागी स्थगन गरी उपयुक्त व्यवस्था लागु गराइ कर राजश्व दाखिला म्याद थप गरिदिनहुनका लागी अनुरोध गदैछौँ’ विज्ञप्तिमा भनिएको छ ।

आन्तरिक राजश्व कार्यलयले भदौ २५ भित्रै कर राजश्व दाखिला गर्न भनेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved