आगामी जेठ १६ गतेदेखि सुरु हुने एक दिवशीय विश्वकपको अभ्यास खेलहरु सुरु भएका छन् । आईसीसीको तालिका बमोजिम आज शुक्रबार बाट अभ्यास खेलहरु सुरु भएका हुन् । बिश्वकपमा सहभागी १० वटै टोलीले २-२ वटा अभ्यास खेल खेल्ने छन् ।
यस्तो छ अभ्यास खेलको तालिका ।
जेठ १० गते : पाकिस्तान बिरुद्द अफगानिस्तान र साउथ अफ्रीका बिरुद्द श्रीलंका
जेठ ११ गते : इंगल्याण्ड बिरुद्द अस्ट्रेलिया र भारत बिरुद्द न्युजील्याण्ड
जेठ १२ गते : बंगलादेश बिरुद्द पाकिस्तान र वेस्ट इन्डिज बिरुद्द साउथ अफ्रीका
जेठ १३ गते : अस्ट्रेलिया बिरुद्द श्रीलंका र इंगल्याण्ड बिरुद्द अफगानिस्तान
जेठ १४ गते : बंगलादेश बिरुद्द भारत र न्युजल्याण्ड बिरुद्द वेस्ट इन्डिज
सबै खेलको नेपालमा सबै खेलको प्रत्येक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्ने भएको छ । अभ्यास खेल हरु नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।पहिलो पटक आईसीसीले अभ्यास खेल पनि लाइभ गर्ने भएको हो । मुख्य प्रतियोगिताको खेल पनि स्टार स्पोर्ट्सले नै लाइभ गर्ने छ ।
विश्वकपकोे उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका ३० तारिखमा खेल्नेछन् । विश्वकपमा सहभागी १० टिमले राउण्ड रोबिन लिग अनुसार सबैले सबैसँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेल सकिएपछि शीर्ष चार टिमका बीचमा सेमिफाइनल हुने छ र बिजेताहरु फाइनल प्रवेश गर्ने छन् ।