बिश्वकपमा एउटै खेल नजित्नेलाइ पनि १ करोड पुरस्कार , विजेतालाइ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 03:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट २०१९ सुरु हुन अब एक दिन मात्र बाँकि छ ।  ३० मे अर्थात जेठ १६ गतेबाट १२ औँ संस्करणको आईसीसी विश्वकप क्रिकेट इंग्ल्याण्ड र वेल्समा सुरु हुँदैछ ।

उद्घाटन खेलमा  इंग्ल्याण्ड र साउथ अफ्रिका भिड्ने छन् । सन् १९७५ देखि सुरु भएको आईसीसी विश्वकप क्रिकेट खेल प्रत्येक ४ बर्षमा हुने गर्दछ ।  ४६ दिनसम्म चल्ने प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।  

आईसीसी विश्वकप क्रिकेटको १२ औँ संस्करणको विजेता टिमले ४ मिलियन डलर प्राप्त गर्नेछ । साथै दोश्रो हुने टिमले २ मिलियन डलर रकम पुरस्कार जित्नेछन् । यसैगरि तेस्रो र चौथो हुने टिमले समान ८ लाख डलर पुरस्कार जित्नेछन् । प्रत्येक लिग चरणको खेल जित्ने टिमले एक जित बराबर ४० हजार डलर रकम प्राप्त गर्नेछ । लिग चरण पार गर्न नसक्ने ६ टिमले समान १ लाख डलर रकम प्राप्त गर्नेछ । यस हिसाबमा कुनै टिमले सबैले खेल हारेको खण्डमा पनि न्युनतम १ लाख डलर अर्थात्  १ करोड १० लाख नेपाली रुपैयाँ पाउने छन्  ।  आईसीसी विश्वकप २०१९ को फाइनल खेल  जुलाई १४ मा लर्ड्स मैदानमा हुनेछ । 

यस्तो छ पुरस्कार राशीको विवरण । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved