शाकीब अल हसनको नयाँ किर्तिमान, कपिल देवको रेकर्ड पनि बराबरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशी क्रिकेट खेलाडी शाकिब अल हसन बिश्वकपमा ५ विकेट लिने पहिलो बंगलादेशी खेलाडी बनेका छन् । सोमबार भएको अफगानिस्तान बिरुद्दको खेलमा शाकिबले ५ विकेट लिदै किर्तीमान रचेका हुन् । शाकिबले आफ्नो १० ओभरमा २९ रन मात्र खर्चेर ५ विकेट लिएका हुन् । जसमा एक मेडेन पनि सामेल थियो ।

साथै यसै खेलमा शाकिबले भारतीय खेलाडी कपिल देव र युवराज सिंहको रेकर्ड पनि बराबरी गरेका छन् ।  हालसम्म एकै प्रतियोगितामा ५ विकेट लिने (एकै खेलमा) र शतक बनाउने रेकर्ड कपिल देव र युवराज सिंहको नाममा थियो । अब शाकिब पनि यसमा समाबेश भएका हुन् । साथै शाकिब बिश्वकपको एकै प्रतियोगितामा ४ सय भन्दा बढी रन हान्ने र १० विकेट लिने पहिलो अलराउण्डर समेत बनेका छन् । 

शाकिबले यस खेलमा ५१ रन बनाउदै सर्बाधिक रन बनाउने खेलाडीको सुचीमा पुन पहिलो स्थानमा उक्लन सफल भएका छन् । शाकिबले जारि प्रतियोगितामा ४ सय ७६ रन बनाएका छन् ।

शाकिबको अलराउन्ड प्रदर्शनमा  बंगलादेशले अफगानिस्तानलाई ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved