शानदार जितसँगै भारत दोस्रो स्थानमा ,प्रतियोगिताबाटै बाहिरियो वेस्ट इन्डिज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 08:33:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वेस्ट इन्डिज क्रिकेट विश्वकपबाट बाहिरिएको छ । भारतसंग फराकिलो अन्तरले हार बेहोरेपछि वेस्ट इन्डिज २ खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । अफगानिस्तान र साउथ अफ्रीका यस अघि नै बाहिरिसकेका छन् 

बिहिबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई १२५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २६८ रन जोड्यो । भारतको लागि कप्तान वीराट कोहलीले सर्बाधिक ७२, धोनीले ५६, केएल राहुलले ४८ तथा हार्दिक पाण्डेले ४६ रन जोडे 

२६९ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज ३४.२ ओभर मै अल आउट हुदै १४३ रन मात्र जोड्न सक्यो । वेस्ट इन्डिजको लागि सुनिल एमब्रिसले सर्बाधिक ३१, निकोलस पुरणले २८ तथा शिमरोन हिटमायरले १८, कोट्रेलले १० तथा कमार रोचले १४ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन 

वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा भारतका मोहम्मद शामीले ४ , युजवेन्द्र चहाल र जसप्रित भुमराहले समान २-२ तथा कुलदिप यादव र हद्रिक पाण्डेले समान १-१ विकेट लिए 

जित संगै भारत ६ खेलबाट ११ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारत प्रतियोगितामा हालसम्म एक मात्र अपराजित टोली हो । 

यस्तो छ ताजा अंक तालिका : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved