नेपाल वायुसेवा निगमको दशैँ लक्षित थप ३ ठाउँमा 'सस्तो' उडान सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 02:25:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बायुसेना निगमले आजदेखि पोखरा भैरहवा र सिमरा उडान सुरु गरेको छ। दशैँ तिहार पर्वमा यात्रुको सुविधालाई लक्षित गरी यी क्षेत्रमा उडान भरिएको निगमले जनाएको छ। 

निगमले दिएको जानकारी अनुसार निगमको जहाजले बिहान ६:३० मा पोखरा र र १०:३० बजेबाट भैरहवा उडान भरेको छ। सिमराका लागि बिहान ८:३० बजे उडान रहेपनि आज उडान नभएको निगमले जनाएको छ। सिमराका लागि बिगत ५ बर्ष देखि निगमको जहाज उड्न सकेको छैन। 
 
पोखराका लागि २ हजार ५ सय ५०, भैरहवा ३ हजार २५, र सिमराको २ हजार २२५ रुपैयाँ भाडा निर्धारण गरिएको निगमले जनाएको छ। पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो। 
 
निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए। 
 
निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved