सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 04:26:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  को सहयोगमा नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । क्यूस्ट इन्टरनेसनल कलेज आयोजक रहेको उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । 

प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज भएको थियो भने दोस्रो रिलायन्स इन्टरनेसनल एकाडेमी भएको थियो । त्यस्तै पुरुष तर्फ प्रथम सीसीआरसी कलेज भयो भने दोस्रो ओमेगा कलेज भएको थियो । बिजेताहरुलाई बैंकका संचालक मती लिसा शेरचनले पुरस्कार वितरण गरेका थिए । 

बैंकले ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved