बिजपाटी सम्बाददाता     Mar 15, 2020 | 05:01:08 PM


tansen

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पि४ लेड सूचना बोर्ड जडान गरेको छ ।

उक्त उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा टेकु हुँदै आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी अपराधीक क्रियाकलाप न्युनीकरणमा मद्दत गर्ने उद्देश्ये बैंकले उक्त उपकरण जडान गरेको जनाएको छ ।

बैंकले १०२ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका