लुम्बिनी विकास बैंकद्वारा ४ लाखको राहत वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 09:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब चार लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा  महानगरपालिकाको वडा नं १५ एक लाख ५० हजार रुपैयाँ र  वडा नं १७ मा दुई लाख रुपैयाँको राहत वितरण गरिसकेको छ  वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र  पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले  राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे ।

बैंकका सञ्चालक सिग्देलले  पोखरा महानगर (कास्की) बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।  देशका सातै प्रदेशका ६८  शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर,  फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको  बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved