लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, संचालकमा रेग्मी र भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 02:28:11 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको मंगलबार भएको १५औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो  ।

कम्पनीको साधारणसभाले २० प्रतिशत हकप्रद समेतले पाउने गरी चुक्ता पुँजीको  ८.१२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो  ।  त्यस्तै कर प्रयोजनको लागि  ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

यस सँगै अब कम्पनीले  हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाखको ८.१२५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने  छ । त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको  छ । 

साथै सभाले सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित गरेको छ । आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले बृद्धि भई १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन भएको जानकारी गराइएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved