खुम्चिदै नेपालको ब्यापार घाटा, आयातित पाम आयलले बढायो निर्यात

विजय पराजुली

विजय पराजुली

Nov 01, 2019 | 03:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बैदेशिक ब्यापारमा सुधारको संकेत देखिएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा चालू आर्थिक बर्षको पहिलो त्रैमासमा   आयात १०.३४ प्रतिशतले घट्दा निर्यात भने १४.४१ प्रतिशतले बढेको भन्सार बिभागले जनाएको छ।

गत आर्थिक बर्षको यस अवधिमा नेपालले ३९ अर्बले कम आयात गरेको भन्सार बिभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। गत आर्थिक बर्षमा ३ खर्ब ७३ अर्ब ५८ करोडको आयात हुँदा यस बर्षमा ३ खर्ब ३४ अर्ब ९४ करोडको आयात भएको छ।   

यस्तै गत वर्षको प्रथम त्रैमासमा २३ अर्ब ७४ करोडको बस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब १६ करोडको बस्तु निर्यात भएको छ। निर्यातमा भएको वृद्धि र आयातमा आएको कमीले ब्यापार घाटा पनि घटेको छ। 

त्यस्तै आयात निर्यात अनुपात र कुल बैदेशीक ब्यापारमा निर्यातको हिस्समा समेत सुधार भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३ अर्ब ४९ अर्ब ८४ करोड ब्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ब्यापार घाटा १२.०२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७८ करोडमा सिमित भएको छ । 

आयात र निर्यात दुबैमा भएको सुधारको कारण आयात निर्यात अनुपातमा पनि सुधार भएको छ । गत वर्ष निर्यातको तुलनमा १५.७ गुणाले बढी रहेको आयात यस वर्ष घटेर १२.३ गुणा कायम भएको छ । कुल वैदेशीक ब्यापारमा निर्याको हीस्सा गत वर्षको ६ प्रतिशतको तुलनामा बढेर चालु आर्थिक वर्षमा ७.५ प्रतिशत पुगेको भन्सार विभागको तथ्याङक छ । 

नेपालले कुल निर्यातमा ५ अर्ब ७७ करोडको पाम आयल रहेको छ। सोहि अवधिमा नेपालले ५ अर्ब ५३ करोडको पाम आयल आयात गरेको छ।  जसले गर्दा निर्यातको सुधारमा उल्लेख्य भुमिका खेलेको छ। नेपालले विगत केही महीना यता मलेसिया र इन्डोनेशीया लगायतका मुलुकबाट आयत गरेर भारतमा पाम आयल निर्यात गरिरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved