सरकार विकास खर्च गर्न असफल, तरलता अभावको संकेत

विजय पराजुली

विजय पराजुली

Nov 08, 2019 | 11:42:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो तीन बर्ष यता निरन्तर रुपमा देखिंदै आएको तरलता अभाव यसबर्ष पनि देखिन थालेको छ। सरकारले पुँजीगत खर्च बढाउँन नसक्दा बैंकिंङ क्षेत्रमा बिगतमा झैं लगानीयोग्य रकमको अभाब देखिन थालेको हो। 

गत बर्ष भदौ मसान्तमा नै तरलता अभाव खेपेका बैंकहरुले यो बर्ष केहि संयमता अपनाएकाले तरलता समस्या देखिन केहि ढिला भएको बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगालदेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले बताए। 

'कात्तिकको आधा महिना सकिदा नै तरलता अभावको छनक देखिएको छ' ढुंगानाले भने, 'सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन, यस्तो अवस्थामा लगानीयोग्य रकमको अभाव देखिनु स्वभाविक हो।'

अध्यक्ष ढुंगानाले सरकारले अहिले नै पुँजीगत खर्च बढाउने हो भनेपनि कर्जा रोक्नुपर्ने अवस्था नआउने तर त्यस्तो भएनभने केहि समयमा सबैजसो बैंकमा लगानीयोग्य रकमको अभाब देखिने बताए।   

चालु आर्थिक वर्षको साढे तिन महीनामा सरकारले पुँजीगत खर्च ५ दशमलव ३८ प्रतिशत मात्रै गरेको छ। त्यस्तै कुल बजेट खर्च १८ दशमलव २१ प्रतिशत छ भने कुल बजेट खर्च भने १२.०४ प्रतिशत मात्रै छ।

सरकार बजेट खर्चमा मात्रै नभएर राजश्व संकलनमा पनि असफल देखीएको छ । चालु आर्थिक वर्षमा  ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख राजश्व उठाउने लक्ष्य लिएकोमा आर्थिक वर्षको साढे तिन महीना भन्दा बढी समय वितीसक्दा  कुल राजश्वको १९.३ प्रतिशत मात्रै संकलन भएको छ।

पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ६२ करोडले निक्षेप बढाउँदा कर्जा १ खर्ब १५ अर्ब ६८ करोड बढाएका छन् । नेपाल राष्ट्र बैंकको अनुसार गत असार मसान्तमा ३३ खर्ब ५४ अर्ब २८ करोड निक्षेप संकलन गरेका बैंकहरुले असोज मसान्तमा आउँदा ३४ खर्ब २९ अर्ब ४ करोड पुर्याएका छन् ।

यता बैंकहरु भने निक्षेप संकलनको तुलनामा कर्जा लगानीमा आक्रमक देखिएका छन।  बैंकहरुले निक्षेपको भन्दा करिब ४१ अर्बले बढी कर्जा लगानी गरेका छन। गत असार मसान्तमा २९ खर्ब १० अर्ब ५१ करोड कर्जा लगानी गरेकोमा असोज मसान्तमा आउँदा ३० खर्ब २६ अर्ब १९ करोड कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले आक्रमक कर्जा विस्तार गरेपनि बैंकिङ प्रणलीमा पर्याप्त तरलता रहेको नेपाल राष्ट्र बैंकको दाबि छ। असोज मसान्तको तथ्याङक अनुसार बैंकिङ प्रणलीमा करिब ५३ अर्ब तरलता छ। त्यसैले अहीले नै बैंकीङ प्रणलीमा लगानीयोग्य तरलता अभावको समस्या नरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. गुणकार भट्ट बताउँछन् । 

चालु आर्थिक वर्षको प्रथम त्रैमासको रिपार्ट प्रकाशित गरेका बैंकहरुको विवरण हर्ने हो भने केही बैंक बाहेक अधिकांश बैंकहरुमा तरलताको अवस्था सहज देखीदैन। ४ वटा बैंकले वित्तीय विवरण प्रकाशित गर्दा नेपाल बैंकको ६७ प्रतिशत सिसिडि रेसियो छ। 

त्यस्तै अन्य बैंकहरुमा सानिमा, सिटिजन र ग्लोबल आइएमई बैंकको ७८ प्रतिशत माथि रहेको छ। विवरण प्रकाशित नगरेका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको सिसिडि विगत देखिनै कम रहँदै आएको छ। सबैभन्दा बढी निक्षेप रहेका राष्ट्रिय वाणिज्य बैंकको सिसिडि करीब ७० प्रतिशत रहेको हुँदा अन्य बैंकहरुमा पर्याप्त तरलता नभएको अनुमान सहजै लगाउन सकिन्छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved