निजि क्षेत्रलाई राहत प्याकेजको घोषणाको तयारीमा सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको माहामारीबाट देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई मध्यनजर गरेर आर्थिक राहतको प्याकेज घोषणाको तयारीमा जुटेको छ। बिश्वभर फैलिरहेको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको र त्यहि अध्ययनको आधारमा राहत प्याकेज घोषणा हुने जनाइएको छ। 

नेपालमा कोरोनाको संक्रमण नदेखिएको अहिलेको अवस्थामा पनि यो आर्थिक बर्षको असारमसान्तसम्म नेपालको अर्थतन्त्र प्रभावित हुने प्रारम्भिक अध्ययनले देखाएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

राहत प्याकेज अन्तर्गत के घोषणा गर्ने भन्ने अहिलेनै निश्चित नभएपनि परिस्थिति हेरेर निर्णय गरिने राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताए। अहिलेनै पर्यटन उद्योग र यससँग जोडिएका चेन बिजनेश ट्राभल, होटल, हवाई तथा उड्डयन लगायत क्षेत्रमा कोरोनाको प्रभाव देखिएको र यो प्रभाव यथावत रहे अन्य क्षेत्र पनि प्रभावित हुने भएकाले तत्काललाई प्रयटन र यससँग जोडिएका व्यवसायीलाई राहत दिने तयारिमा राष्ट्र बैंक रहेको स्रोतको भनाई छ। 

राहत प्याकेज अन्तर्गत तत्काललाई ऋण पुनतालिकिकरण गर्ने, भूकम्पको बेला पुनर्थान कोषबाट सहुलियत प्रदान गरेझैं दैनिक प्रकोप तथा पुनर्थान कोष जस्तै कुनै कोष खडा गरेर ब्याजमा सहुलियत दिने लगायतका सुबिधा दिन सकिने बिषयमा छलफल अघि बढेको बताइएको छ। स्रोतकाअनुसार पछि परिस्तिथि थप जटिल बन्न पुगेको अवस्थामा ऋण मिनाहा गर्ने लगायतका सुविधा राहत प्याकेजमा आउँन सक्नेछ।

अहिलेपनि बस्तु तथा सेवा आयात धान्न ८ महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको छ। तर कोरोनाको प्रभाव यथावत रहेमा रेमिट्यान्स र पर्यटन घट्न जाने हुँदा यसको नकरात्मक असर विदेशी मुद्राको सञ्चितिमा देखिने भएकाले केहि बस्तु तथा सेवा आयातमा कडाइ समेत हुन् सक्ने बताइएको छ। 

बिश्वभर कोरोनाको प्रभाव बढीरहेको भन्दै निजि क्षेत्र तथा व्यवसायीहरुले सरकारबाट ऋण पुनतालिकिकरण लगायतका सहुलियतको माग गरेका छन्। तर कस्तो सहुलियत दिने भन्ने कुरा अर्थमन्त्रालय र राष्ट्र बैंकले गरेको अध्ययनको आधारमा निर्णय हुने राष्ट्र बैंक स्रोतले बताएको छ।  

बिश्वभरका देशहरुले कोरोना भाइरसका कारण अर्थतन्त्रलाई धेरै प्रभावित हुन नदिन निजि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले बिभिन्न आर्थिक प्याकेजको घोषणा गरिसकेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved