आफ्ना प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुलाई लकडाउन अवधिको पूरै पारिश्रमिक दिन निजी क्षेत्र तयार भएको छ । रोजगारदाता, श्रमिकहरुको छाता संगठन र सरकारबीच आज भएको सहमति अनुसार औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुले लकडाउन अवधिको पूरै पारिश्रमिक पाउने भएका हुन् ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमूलक संगठनसँग आईतबार भएको छलफलमा यस्तो समझदारी बनेको मन्त्रालयकी साहयक प्रवक्ता उर्मिला केसीले जानकारी दिईन् ।