लकडाउन भएर ४ महिना ब्यापार व्यबसाय प्रभावित हुँदा पनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठेको छ । आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष ७६/७७ मा आर्थिक वर्ष ७५/७६ को भन्दा ७ प्रतिशत अर्थात २६ अर्ब बढी राजश्व उठेको हो । आर्थिक वर्ष ७५/७६ मा ३५८ अर्ब ४१ करोड राजश्व उठेको विभागले जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष ७६/७७ मा सरकारले ३ खर्ब ८४ अर्ब ३१ अर्ब राजश्व उठाएको छ । जस मध्ये २१७ अर्ब २६ करोड आयकर, ९८ अर्ब २२ करोड मूल्यअभिवृद्धि कर, ६४ अर्ब ७९ करोड अन्तशुल्क र शिक्षा सेवा शुल्क रहेको छ ।
विभागले आर्थिक वर्ष ७६/७७ मा १ लाख ९४ हजार व्यबसायीक लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत लेखा नम्बर गरि कुल ११ लाख ४७ हजार नयाँ करदाता थपिएको विभागले जनाएको छ।