मंगलबारदेखी ३ दिन देशैभरका विद्यालय बन्द हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 06:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारदेखी देशैभरका सामुदायिक विद्यालयहरु ३ दिन बन्द हुने भएका छन् । नेपाल राहत शिक्षक केन्द्रिय समितिले सरकार राहत शिक्षकप्रति उदासिन देखिएको आरोप लगाउँदै आह्वान गरेको शैक्षिक हड्तालका कारण ३ दिन विद्यालय बन्द हुने भएका हुन् । 

सरकारले ल्याउन लागेको नयाँ संघिय शिक्षा ऐनमा राहत शिक्षकका विषयमा कुनै पनि कुरा नलेखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । २०५८ सालदेखी सरकारी स्कुलमा राहत शिक्षकको रुपमा अध्यापन गराएको तर सरकारले आफूहरुको योगदानलाई वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा जानु परेको नेपाल राहत शिक्षक केन्द्रिय समिति महासचिव कर्ण बहादुर मगले बताए । 

“१५ वर्षसम्म सरकारको सेवा गर्यौ, हाम्रो उर्जाशिल उमेर गयो” उनले भने, “देशभरका हामी ४० हजार राहत शिक्षकलाई स्थायी गर्नुको सट्टा सरकार उदासिन भएपछि आन्दोलन गर्नुपरेको हो ।”उनका अनुसार मंगलबारदेखी ३ दिनसम्म ७५३ स्थानीय तहका सबै सरकारी विद्यालयहरु बन्द हुनेछन् । 

यसैबीच आन्दोलनका कार्यक्रम घोषणा राहत शिक्षकहरुलाई सरकारले वार्ता गर्न बोलाएको थियो । तर आज भएको वार्तामा सरकारी वार्ता टोलीले आन्दोलनका कार्यक्रम फिर्ता गर्न आग्रह गरेको थियो । शिक्षा सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले राहत शिक्षकका माग सम्बोधन गर्न लिखित सहमति गर्न नसकिने भनेपछि वार्ता भङ्ग भएको छ । आफूहरुका माग सम्बोधन नहुने भएपछि वार्तामा बस्नुको कुनै औचित्य नरहेपछि भङ्ग गरेर आफूहरु बाहिरिएको महासचिव मगरले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved