बहालवाला श्रममन्त्रीले डाके पूर्व श्रम मन्त्रीहरुको संयुक्त बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 03:36:34 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले पूर्व मन्त्रीहरुसँग संयुक्त छलफल गर्ने भएका छन् । मन्त्री यादवले आफूभन्दा अगाडी श्रम तथा रोजगार मन्त्रालय सम्हालेका पूर्व मन्त्रीहरुसँग बुधबार छलफल गर्ने भएका हुन् । 

मन्त्री यादवले पूर्व मन्त्रीहरुको योजना र ती योजनालाई आगामी दिनमा कसरी पूरा गर्न सकिन्छ भन्नेबारे सुझाव माग्न छलफल आयोजना गर्न लागिएको जानकारी दिएका छन् । आफू मन्त्री बनेर आएपछि भएका प्रगति र आगामी कार्ययोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफूभन्दा पहिले श्रम तथा रोजगार मन्त्रालय सम्हालिसकेका नेताहरुसँग सहकार्य र छलफलबाट अघि बढ्न चाहेको पनि बताएका छन् ।

‘यसअघि श्रम मन्त्री बनिसकेका व्यक्तिहरुसँग छलफल गर्दैछु’ मन्त्री यादवले भने, ‘जेलतिर भएकाहरुबाहेक सबै पूर्वमन्त्रीहरुसँग बुधबार दिउँसो ३ बजे बसेर मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी बनाउनेबारे सुझाव लिनेछु ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved