साउदीबाट नेपाल फर्कन पाएनन् श्रमिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 09:04:18 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरेबिया स्थित राजदुतावासले नियमित तथा चार्टर्ड उडान नहुदा बेखर्ची बेनका श्रमिकलाई स्वदेश फर्काउन समस्या भएको  जनाएको छ । बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कोभिड–१९ ले वैदेशिक रोजगारमा रहेका कामदारमा पारेको असर बारेको भर्चुअल छलफल दुतावासले समस्या भएको बताएको हो । 

सरकारले उद्धार उडानमा कोटा तोक्दा साउदीबाट उडान हुन नसकेको साउदीका लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले बताए। उनका अनुसार साउदीमा पिसीआर परीक्षण सहज नहुदा नहुँदै खर्च गरेर श्रमिकहरु स्वदेश फर्कन तयार हुँदा पनि फर्कन नसकेको उनी बताउँछन् । विभिन्न क्षेत्रको सहयोगमा बसेका उनीहरु सरकारले नियमित तथा चार्टर्ड उडान खुल्ला गरेतापनि फर्कन नपाएका हुन् । 

'समस्यामा परेका सबैलाई दुतावासबाट निरन्तर सम्पर्क र सहयोग भैरहेको छ, दुतावास धेरै टाढा हुँदा सबै श्रमिकलाई समेट्न सकिएको छैन', उनले भने, टिकट काटेर जान तयार भएका समेत फर्कन पाएनन् । हामीले स्वदेश फर्कने श्रमिकलाई सकेसम्म टिकट काटिदिन रोजगारदाता कम्पनीलाई निर्देशन दिदै आएका छौँ । '

दुतावास टाढा हुँदा सबै श्रमिकलाई समेट्न समस्या हुँदा पनि रोकिएका शव स्वदेश पठाईएको उनले बताए । ‘श्रमिकलाई स्वदेश फर्काउन सकिएको छैन, तर हामीले धेरै प्रयास गरेर २ सयबढीको शव पठाएका छौँ,' उनले भने, ‘अब ५० शब बाँकी रहेको छ, सेप्टेम्बरमा उडान हुने जानकारी आएको छ, अब हुने उडान मार्फत सबै शव नेपाल पठाउछाँै ।’ 

कोरोनाका कारण साउदीमा ५२ जना नेपालीको ज्यान गुमाइसकेका छन् भने २४ सय नेपालीमा संक्रमण पुष्टि भएको उनी बताउँछन् । उनका अनुसार कोरोना महामारी सुरु भएसगैँ साउदीमा ४ हजार १३७ जनाको ज्यान गएकोमा ५२ नेपालीको ज्यान गुमाएका हुन् ।

कोरोनाका कारण साउदीमा बेखर्ची बनेका १५ हजार श्रमिकले स्वदेश फर्कन भन्दै दुतावासमा निवेदन दिएका छन् । नेपालमा बन्दाबन्दी सुरुभएपछि १२ हजार नेपाली फरिसकेका  छन् भने अझैँ १५ हजार फर्कने तयारीमा रहेको दुतावासले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved