विद्युत प्राधिकरणले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 04:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको भावी कार्ययोजना सार्वजनिक गर्दै सर्वसाधारण आईपिओ निष्काशन प्रक्रिया अगाडी बढाउने बताएका हुन।

घिसिङले दोस्रो वित्तीय पुनर्संरचनामा भएको ब्यबस्था र प्राधिकरण ऐनमा भएको ब्यबस्था अनुसार प्राधिकरणको २५ प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न आवश्यक पहल गर्ने बताएका हुन् । २५ प्रतिशत प्राधिकरणको प्रस्ताव रहेकोले यो घटबढ हुन् सक्ने घिसिङले बताए ।

हाल प्राधिकरणको चुक्ता पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ छ। २५ प्रतिशत शेयर निष्काशन भएमा प्राधिकरणको ३१ अर्ब २५ करोड रुपैयाँको आईपिओ आउने छ। 

आर्थिक बर्ष ७२/७३ मा ८.८९ अर्ब नोक्सानीमा रहेको प्राधिकरण कुलमानमा आगमन संगै नाफामा जान थालेको छ। प्राधिकरणले आर्थिक बर्ष ७३/७४ मा १.४७ अर्ब, ७४/७५ मा २.८५ अर्ब र ७५/७६ मा ७.२० अर्ब नाफा आर्जन गरेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved