काभ्रे र सिन्धुपाल्चोकका दर्जनौ बस्ति डुब्ने गरी २ जलविद्युत आयोजना प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2019 | 08:29:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ५३६ मेगावाटको सुनकोशी ३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको लागि क्षेत्र निर्धारण सम्बन्धि सूचना प्रकाशित गरेको छ । आयोजनाको प्रस्तावक रहेको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतको विद्युत विकास बिभागले क्षेत्र निर्धारणको सूचना प्रकाशित गरेको हो ।

आयोजनाले सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र सिन्धुलीका स्थानहरु डुबानमा पर्ने छ । प्रस्तावित आयोजना सुनकोशी नदीमा बन्ने छ । काभ्रे र रामेछापको सिमानामा रहेको लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाईको बाँध बन्ने छ । जस बाट ५७० घनमिटर प्रति सेकेण्ड पानीलाई १.१ किलोमिटर र ९ मिटर ब्यास भएको सुरुङबाट काभेको तेमाल गाउँपालिकाको लुभुघाटमा रहेको बिद्युत गृहमा लगिने छ । जलाशय प्रकृतिको यस आयोजनाबाट लगभग ५३६ मेगावाट विद्युत उत्पादन हुने छ ।

यी हुन् आयोजनाबाट डुबान हुने क्षेत्र : 

सिन्धुपाल्चोक

१. सुनकोशी गाउँपालिकाको वडाहरु १,३ र ४  (साविकको ठोकर्पा (१­-४),  कालिका (१-९), यमुनाडाँडा (१-९))

२. बलेफी गाउँपालिकाको वडा ५ (साविकको फुल्पिङडाँडा (५-७,९))

३.चौतारा साँगाचोकगढी नगरपालिकाको वडाहरु ९,१०,११,१२,१४ साविकको कदमबास (१-९), साँगाचोक (१,२,७), साँगाचोक (५,८,९), साँगाचोक (३,४,६), ठूलो सिरूवारी (७-९))

४. इन्द्रावती गाउँपालिकाको वडाहरु १०,११,१२ (साविकको भोटसिपा (५-९), भिमटार (१,९), भिमटार (२-८))

५. मेलम्ची नगरपालिकाको वडा १३ (साविकको मेलम्ची (१०,११))

काभ्रे 

१. मण्डन देउपुर नगरपालिकाको वडाहरु ७,९,१० १२ (साविकको महादेबस्थान मण्डन (७-९), महादेवस्थान मण्डन (३-६), चण्डेनी मण्डन (१-९), ज्याम्दी मण्डन (१-४,६))

२.पाँचखाल नगरपालिकाको वडाहरु १३,८ (साविकको कोशिदेखा (१-९), पाँचखाल (७,८))

३. भुम्लु गाउँपालिकाको वडाहरु १,६,७,८,९, १० (साविकको सापिङ्ग (१-९), कोलाती भुम्लु (१-९), फलाँटे (१-९), भुम्लुटार (१-९), ज्याम्दी मण्डन (५,७-९), दोलालघाट (१-९))

४. चौरी देउराली गाउँपालिकाको वडाहरु ६,७,८ (साविकको कात्तिके देउराली (१-९), मादनकुँडारी (१-९), बिर्तादेउराली (१-९))

५. तिमाल गाउँपालिकाको वडाहरु  १,२,३,४,६,७,९ (बाँध र बिद्युतगृह समेत रहने) (साविकको सर्स्युखर्क (१,३,४), सर्स्युखर्क (२,५-९), सरमथली (१-९), बोल्देफेदिचे (१-९), ठूलोपर्सेल (१-९), कुरुबास चापाखोरी (१-९), मेच्छे (४,७-९))

रामेछाप 

१. खाँडादेवी गाउँपालिकाको वडा १ (साविकको राकाथुम (१-९))

२.सूनापाति गाउँपालिकाको वडाहरु १,४,५  (साविकको गुन्सी (१-७), वेथान (१-९), खनियापानी (१-९))

सिन्धुली 

सुनकोशी गाउँ पालिकाको वडाहरु १,२,३,४,५ (साविकको कुशेश्वर दुम्जा (२-५,९), कुशेश्वर दुम्जा (१,६-८), झागाझोली रातामाटा (१-५), झागाझोली रातामाटा (६-९), पुराना झागाझोली (१-९))

त्यस्तै विभागले नै ११ सय १० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ सुनकोशी २ आयोजना समेत प्रस्ताव गरेको छ । यस आयोजनाले काभ्रे, रामेछाप र सिन्धुलीका क्षेत्रहरु डुबानमा पर्ने छन् । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले २०४२ मा नै यी आयोजनाको प्रारम्भिक अध्ययन गरेको थियो । 

यी हुन् सुनकोशी २ बाट डुबानमा पर्ने क्षेत्र : 



विभागले यी आयोजनाका सम्बन्धमा निम्न ठेगानामा सुझव पठाउन समेत आग्रह गरेको छ 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved