विद्युत् प्रसारण र वितरणलाई सघाउन नेपालले पायो २८ अर्ब सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 02:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २३ अर्ब ८८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । बैंकले  विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि सो ऋण दिने भएको छ । 

त्यस्तै यहि परियोजना कार्यन्वयनको लागि नर्वे सरकारले ४ अर्ब १८ करोड रुपैयाँ सह-वित्तीयकरण अनुदान दिने भएको छ । 

 सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्‍गाना र एडीबीका देशीय निर्देशक मुख्तार खामुदखानोभले हस्ताक्षर गरेका छन् । त्यस्तै परियोजनासम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र एडीबीका निर्देशक मुख्तारले हस्ताक्षर गरेका छन् ।

 यो ऋण ३२ वर्षको लागि हो । ८ वर्ष ग्रेस अवधिमा नेपालले १ प्रतिशत ब्याज तिर्नु पर्छ भने त्यसपछि प्रतिवर्ष १.५ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ।यस परियोजना अन्तर्गत विद्युत प्रसारण लाइनको अपग्रेड गरिने छ । परियोजना अन्तर्गत प्रसारणलाइनको क्षमता ४०० किलोभोल्ट पुर्याई संचालन गर्ने र भारतसँग सीमापार बिजुली आदान-प्रदान गर्न सब-स्टेसन अपग्रेड गर्ने कार्य हुने छन् । 

यस परियोजनाले प्रदेश २ मा विद्युत् आपूर्तिलाई सघाउनेछ। प्रदेश २ मा अझै २० प्रतिशत घरपरिवार अन्धकारमा छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved