२०३० सम्म नेपालमा ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने भारतको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 02:45:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर शुसील शर्माले २०३० सम्म नेपालमा ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने बताएका छन् । जारी तेस्रो लगानी सम्मेलनमा उनले सतलजले हाल नेपालमा २ हजार २ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको भन्दै सन् २०३० सम्म ५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरेका हुन् । 

‘नेपालमा सन् २०३० सम्म ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाउन चाहान्छु’ उनले भने।

सतलजले नेपालमा २००८ देखि लगानी सुरू गरेको हो । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरू गरेको उल्लेख गर्दै उनले अहिले २२ सय मेगावाटका ३ जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे । यी ३ परियोजनाहरु विकासको विभिन्न चरणमा छन् ।

शर्माले सतलजले अहिले नेपालको जलविद्युतमा ३ खर्ब ३० अर्ब रूपैयाँ लगानी गरिसकेको छ । 

उनले नेपालमा लगानी गर्न सहज वातावरण रहेको भन्दै सहज भएकै कारण अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा अघि बढेको बताए ।

‘अरूण तेस्रो जलविद्युत आयोजनाको प्रगति सुनाउन पाउँदा खुसी लागिरहेको छ, ७४ प्रतिशतभन्दा धेरै प्रगति भइसकेको छ, यो विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डले खेलेको महत्त्वपूर्ण भूमिकाको एक उदाहरण हो’ उनले भने, ‘तल्लो अरूणको डीपीआरको काम पनि ९० दिनमा सकेर रेकर्ड कायम गरेका छौं । यति समयमा भारतमा यो काम कहिल्यै भएको छैन ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved