सदाबहार नायक भुवन केसिबारे के भन्छन महिलाहरु ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 10:15:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सिने क्षेत्रमा भुवन केसी बहुआयामीक क्षमताका नायक मानिन्छन्। उनि जति प्रभावसाली नायक हुन् त्यति महिला मैत्री पनि मानिन्छन्। भनिन्छ उनका छोरा अनमोल केसीका जुन उमेरका र जति संख्यामा महिला फ्यान छन्, त्यो भन्दा धेरै महिला फ्यान भुवन के.सी.का छन्। खुब महिला प्रिय हुनुहुन्छ नी ? 

बिजपाटीको जिज्ञासामा भुवन हाँसी हाँसी भन्छन् - कसैका पनि समर्थक र सुभेच्छुक हुनु अन्यथा हो र ? वास्तवमै कुनै पनि पेशा व्यवसायमा लागेका मानिसका लागि उसका समर्थक र सुभेच्छुकहरुको संख्या र गुणस्तरले उसको व्यक्तित्वमा महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालि सिनेमा जगतमा थुप्रै हिट चलचित्र दिएका नायक तथा निर्माता के .सी. पछिल्लो समय राष्ट्रवादी र विकासमूलक चलचित्र बनाउने तयारीमा रहेको बताउँछन्।

नेपालको विकासका लागि चलचित्र क्षेत्रको योगदान रहनुपर्ने धारणा समेत राख्दछन् केसीले। विभिन्न समयमा विभिन्न स्क्याण्डल गरेर समेत चर्चामा रहिरहन रुचाउने नायक अहिले छोराको गर्लफ्रेन्ड उमेरकी युवतीसँग लिभिङ टुगेदरमा रहेको बताइन्छ। 

उनको यही महिला मैत्री चरित्रलाई लिएर विभिन्न क्षेत्रका स्थापित महिलाहरुलाई हामीले सोधेका छौं - भुवन केसीलाई तपाइँ कसरि चिन्नुहुन्छ ? 

'दन्तै मोहनी भएका नायक ​'
संगिता ढकाल, सहायक निर्देशक, नेपाल हस्तकला उद्योग महासंघ भुवन केसी नेपालि सिनेमाका खुला किताब जस्तै हुन्। उनलाई पढ्दा नेपाली सिने क्षेत्रको इति वृतान्त पढ्न सकिन्छ। उनको कलाकारिता प्रतिको पारख पनि गज्जवको छ। जस्तो भूमिका पनि निर्वाह गर्न सक्छन्। तर उनलाई खुब सुहाउने भूमिका चाँही चक्लेटी प्रेमील भूमिका नै हो।

 

पर्दामा प्रेमिल भाव भएका र मुहार पनि सुन्दर भएका कारण उनका धेरै महिला फ्यान भएका होलान्। उनको अनुहार जति प्रेमअपिल गर्ने खालको छ, त्यस्तै वोलीमा पनि मोहनी नै छ। 

 

'कुसल कलाकार ड्यासिंग नायक' 
योगिता राई,अधियोक्तानेपालि सिनेमा क्षेत्रमा भुवन के.सी.कलाकारको रुपमा अत्यन्तै कुसल कलाकार हुन्। उनको अभिनय क्षमताको फिदा महिला मात्रै होइन सबै दर्शक नै हुन्छन्।

कुनै कलाकारका महिला फ्यान बढी हुनु कुनै पनि हिसाबमा नराम्रो होइन। यो त कलाकारको सम्मान हो।

नायक भुवन के.सी. का महिला फ्यान बढी हुनु उनको नायकत्वको सम्मान हो। अझ उनि ड्यासिंग नायक भएका कारण पनि उनका महिला फ्यान बढी भएका होलान्। किनभने महिलाहरु ड्यासिंग पुरुषप्रति आकर्षित हुन्छन् नै। 

 

 

 

 

'विपरित लिंगी आकर्षण'
कुन्ती शाही,पुर्वमन्त्री तथा सांसदचलचित्र हेर्ने फुर्सद् नै नभएकाले होला मलाइ दुनियाका कुनै कलाकारको बारेमा त्यति ज्ञान छैन। तर नायक भुवन के.सी. अलि बढी चर्चामा रहने भएकोले होला उहाँका बारेमा सुन्ने गरेकी छु।

 

मेरो भेटघाट त उहांसंग भएको छैन तर बाहिरफेर हेर्दा खुब चक्लेटी लाग्नुहुन्छ। अझ अभिनय त उहाँको हेरौं हेरौं लाग्ने खालको छ।

उहाँका पुरुषभन्दा बढी महिला सुभेच्छुक हुनु कुनै नौलो विषय होइन किनभने हरेक मानिसमा एक तरिकाले विपरित लिंगी आकर्षण हुन्छ, उहाँको मामलामा पनि यही देखिएको होला।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved