दाहालको निर्देशनमा बन्ने चलचित्रमा केपी ओली नायक! पारिश्रमिकको व्यवस्था गरिने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 04:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिबनीमा नेपाली फिल्म बन्ने भएको छ।  नामक चलचित्र दिपेन्द्र प्रसाद दाहालको लेखन तथा निर्देशनमा अध्यक्ष ओलीको जिबनीमा बन्न लागेको 'रातो सुर्य' को आज राजधानीमा शुभमुर्हुत सम्पन्न भएको छ। 

यस चलचित्रमा अध्यक्ष ओलीको भूमिकामा अनुपम शर्मा देखिने छन्। ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् । ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली स्वयम देखिने भएका छन्  

उक्त फिल्मको छायांकन पुस २ गतेबाट सुरु हुने भएको छ । छायांकनको लागि झापा, रौतहट, चितवन र काठमाडौं तोकिएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएकै बखतमा निर्देशक दाहलले ओलीलाई चलचित्रको लागि अफर गरेका थिए । निर्देशक दाहलले यसअघि विपी कोइरालामाथि वृत्तचित्रको समेत निर्माण गरिसकेका छन् ।

चलचित्रमा हरिहर शर्मा, टीका पहाडी, विश्व बस्नेत, केशव भट्टराई, सुरवीर पण्डित, उत्तम केसी, कृपा बज्राचार्य, राज न्यौपाने लगायतको अभिनय रहनेछ ।      

शुभमुर्हुतको अवसरमा नेपालका चर्चित नेता ओलीको जीवनीमाथी चलचित्र बनाउन पाउनु चलचित्र इतिहाँसकै लागी फरक कर्म र नयाँ प्रयोग हुने पनि वक्ताहरुले बताएका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved