चलचित्र छ माया छपक्कै डिशहोमको च्यानलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 07:53:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र “छ माया छपक्कै” मंसिर १३ गते देखि डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ । आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको चलचित्र कार्तिक २४ गते रिलिज भएको थियो ।  

डिशहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुुविधा उपलब्ध गराईरहेको छ । यस सुुविधा अन्तर्गत  नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

डिशहोमले हरेक दिन आठ शो प्रदर्शन हुने र सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर वा नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर चलचित्र  हेर्न सकिने जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved