'चिसो मान्छे' डिशहोममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 09:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा एक्सक्लुसिभमा प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने डिशहोमले जनाएको छ । 

डिशहोमका अनुसार “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ । 

३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने डिशहोमले जनाएको छ। डिशहोमका अनुसार डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट विहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved