बुटवलकी मनिषा पाण्डेले जितिन 'मिस ब्युटि क्विन नेपाल २०१७' को उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 12:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मिस ब्युटि क्विन नेपाल २०१७ को उपाधि बुटवलकी मनिषा पाण्डेले जितेकी छिन्। पाण्डेले अन्य १४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटि क्विन नेपाल २०१७ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । शिर्ष उपाधिसँगै पाण्डेले ’मस्ट ईन्टिलिजिन्ट र मस्ट पपुलर’ अवार्ड पनि हात पारिन ।

नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ एमाजोन ईन्टरटेन्मेन्टले प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा फस्ट रनरअप तथा मस्ट ब्युटिफुलको उपाधि निमा शेर्पाले जितिन भने सेकेन्ड रनरअपको उपाधि संगै मस्ट एक्टिभ उपाधि सुशिला श्रेष्ठले जितिन। त्यस्तै थर्ड रनरअपको उपाधी सहित मस्ट कन्फिडेन्स उपाधि शर्मिला विश्वकर्माले जितिन् ।

अन्य सबटाईटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिषा थापा, बेस्ट हेयरको उपाधी हेमकला नाल्बो, बेस्ट स्किनको टाइटल जेबिना लोहनी, बेस्ट क्याटवाकको टाइटल ममता तामाङ्, बेस्ट स्माईल तथा मस्ट पपुलरमा इन्दिरा श्रेष्ठ, बेस्ट डिसिप्लिनमा म्यागी लामा, मस्ट चार्मिङमा अन्जु आले मगर, मस्ट स्मार्टको सबटाईटलमा अन्जना केसी , बेस्ट कम्प्लेक्सन तथाबेस्ट ड्रेस्समा कुमारी रमिला राई र मस्ट स्टाईलिसमा एल्गिना राईले उपाधि जितिन् ।

कार्यक्रमको संचालन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved