इसेवाबाट भुक्तानी गर्दा अपाचे आरटिआर बाइक जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 06:06:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक इसेवा Esewa ले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सो योजना सार्वजनिक गरेको हो । 

योजना अनुसार इसेवा मार्फत भुक्तानी गर्ने मध्येबाट एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल पाउने कम्पनीएल जनाएको छ । त्यस्तै एक हजार भन्दा बढिले विभिन्न किसिमका उपहार कुपन प्राप्त गर्नेछन् ।  मंसिर ५ गतेसम्म योजना सञ्चालन हुने र हरेक हप्ता सार्वजनिक गरिने विजेताहरूबाट योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छनौट हुनेछन् । 

उपहार योजनामा कम्पनीले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता ब्राण्डसँग सहकार्य गरेको छ । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved