गोर्खाज फाइनान्सका अध्यक्षले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 12:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले सपथ लिएका छन् । उनले बिहीबार  नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग पद तथा गोपनियताको सपश लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे।

वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिए पश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिए  ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर मार्फत कम्पनीले सेवा प्रदान गरिरहेको छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved