सेयर लगानीकर्ता पौडेल एसोसिएटमै सबै भन्दा बढी मत ल्याएर बिजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 09:05:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघमा मुद्रा तथा पुँजीबजारको बिषय स्थापित गर्ने उदेश्यले महासंघको चुनावमा होमिएका अम्बिका पौडेल एसोसिएट तर्फको कार्यसमिति सदस्यमा सबै भन्दा बढी मत ल्याएर बिजयी भएका छन्। 

एसोसिएट तर्फ खसेको कुल ८९० मत मध्ये चन्द्र ढकाल समुहबाट एसोसिएट तर्फबाट कार्य समिति सदस्यमा निर्वाचित भएका अम्बिका पौडेल एक्लैले ८०२ मत ल्याएका छन्। 

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएका छन्। सेयरबजारको विकास तथा विस्तारका लागि नियामकीय निकायलाई सल्लाह सुझाव दिने तथा बजारको गतिलाई नजिकबाट हेरेर त्यसको सहि विश्लेषण गर्ने व्यक्तिको रुपमा पौडेललाई लिइन्छ। 

निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेलले नियामकिय निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्नलाई पुलको काम गर्न सक्ने व्यक्तिको रुपमा समेत लिइन्छ। 

पौडेल चन्द्रागिरी केबल कार संचालन गरिरहेको चन्द्रागिरी हिल्सका संचालक समेत हुन्। पौडेलसँग बिभिन्न बैक तथा वित्तीय संस्थाको संचालक तथा जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ। 

पौडेललाई सेयर बजारका ठुला लगानीकर्ता,  सेयरबजारका जानकार तथा नेताको रुपमा आफ्नो लिइन्छ। उद्योगी तथा व्यवसायीहरुको बाहुल्यता रहेको महासंघमा मुद्रा तथा पूंजीबजारको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने उदेश्यले आफुले एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएको उनले बिजपाटीसँगको कुराकानीमा बताएका थिए। 

नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट तर्फबाट उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन्। संघाईले प्रतिद्वन्द्वी सौरभ ज्योतिलाई पराजित गर्दै महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा विजयी भएका हुन्। 

त्यस्तै एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा पनि वरिष्ठ उपाध्यक्षमा बिजयी भएका चन्द्र ढकाल प्यानलबाट नै धेरै निर्वाचित भएका छन्। एसोसिएट तर्फ निर्वाचित हुनेहरुमा ढकाल समुहबाट ८ जना रहेका छन् भने बाँकी किशोर प्रधान प्यानलबाट निर्वाचित भएका छन्।  विराट थापा र मंगेशलाल श्रेष्ठले समान ४९७ मत ल्याएका छन्। ती दुई मध्ये गोलाप्रथाबाट बिजयी छान्न बाँकी छ । 

एसोसिएट तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा अविनाश बोहोरा ४७६, आनन्दकुमार अग्रवाल ४९९, कृष्णलाल महर्जन  ४६५, गोपाल खनाल ७५१, ज्योत्सना श्रेष्ठ ७६७, देशबन्धु बस्नेत ४८३, प्रवलजंग पाण्डे ७४३, भरतराज आचार्य  ७४६, रञ्जितराज आचार्य ४५९, राजशेकुमार अग्रवाल ५३०, विजयसिंह वैद्य ५४७, शक्तिकुमार बेगानी ५३०, शाहिल अग्रवाल  ७३३, शैलेन्द्र गुरागाई ६६५,  सुशील थापा ४७३, सञ्जय गिरी ५०७, हेमन्त गोल्छा ५०९  रहेका छन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved