घट्यो सुनको भाउ, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 11:18:49 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ४ सयमा झरेको छ । 

तेजावी सुनको भाउ पनि आज २ सय रुपैयाँले घटेर तोलाको ७० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज प्रतितोला ८५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३५५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार १ सय र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved