शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 11:25:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २०० रुपैयाँले घटेर आज ९२ हजार २०० रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुन आज तोलामा २०५ रुपैयाँले घटेर ९१ हजार ७६० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन । आज चाँदी तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ६७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved