सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नपाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 07, 2018 | 10:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले जारी गरेको परमादेशमा सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने उल्लेख छ।निशुल्क घोषणा गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट नि:शुल्क वितरण गर्ने व्यवस्था गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको छ।

२०७२ सालमा वीर अस्पतालले फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो। सरकार अस्पताल परिसरमा निजि फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आब्हानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा दिएको रिट उपर सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो। ‘आफ्नो परिसरभित्र रहेका सटरहरू निजी औषधि पसल सञ्चालन गर्नका लागि भाडामा दिने कार्यलाई कानून बमोजिमको कार्य मान्न सकिएन,’  फैसलामा भनिएको छ। 

‘विपक्षी वीर अस्पतालले १ देखि १४ नम्बर सटर भाडामा दिनेसम्बन्धी २०७२ जेठ २७ गतेको गोरखापत्रमा प्रकाशन गरेको बोलपत्र सूचना, आएका आवेदनहरू तथा सो उपर भएका आदेश तथा सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ’ फैसलामा भनिएको छ। 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारि अस्पतालले आफैं फार्मेसी संचालन गर्नु भनि स्वास्थ्य संस्थाहरूमा परिपत्र जारी गरेको अवस्थामा वीर अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिने निर्णय गर्नु कानून विपरीत भएको अदालतको ठहर छ। देशभरका अस्पतालले आफैं फार्मेसी संचालन गरे नगरेको अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी भएको छ।     

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved