यी १० गल्ति कहिल्यै नगर्नुहोस, जसले मृगौलालाई हानि पुर्याउँछ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 06:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मृगौला मानिसको शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफ गर्ने देखि , हर्मोन बनाउने , खनिज सोस्ने , मुत्र उत्पान गर्ने , टक्सिन अर्थात खराव पदार्थलाई शरिरबाट बाहिर निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जास्ता काम गर्छ ।

यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्याउँछ ।
१. पानी कम पिउने
यदि तपाई नियमित पानी पिउने गर्नुह हुन्न भने यसको सबैभन्दा पहिलो र खराब प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहर फ्याक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ र शरिरमा टक्सिन जम्मा हुन्छ ।
२. नून बढी
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक हुन्छ ।
३. पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल हुने खतरा समेत पैदा गर्छ ।
४. गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै खाने बानी छ भतने आजै देखि छोडिदिनुस । गुलियो बढी खाँदा यसले शरीमा प्रटिनको मात्र बढी भएर मृगौलामा समस्या हुन्छ ।
५. पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन(ट र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।
६. मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।
७. अनिन्द्रा
रातिमा नन्द्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निन्द्राले मृगौलालाई स्वास्थ राख्न मद्धत गर्दछ ।
८. चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।
९. पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।
१०. जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved