बेसार: क्यान्सर, जीर्ण कलेजो र अल्जाइमर्सको अचूक घरेलु उपचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 06:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

महँगो आधुनिक औषधि किनेर रोग संग मुकाबिला गर्ने बानी परेका हामीलाई घरेलु जडीबुटी र दैनिक प्रयोग हुने मार-मसालाहरु महत्वहीन लाग्छन। तर हजारौं बर्षदेखी मानव सभ्यताले यीनै प्राकृतिक तत्व प्रयोग गरेर स्वास्थ्य र दिर्घायू जीवन बाँचेको कुरा हामी बिर्सिदिन्छौँ।

तरकारीमा सधै  प्रयोग गर्ने बेसारमा क्यान्सरसंग प्रतिरोध गर्ने क्षमता हुन्छ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ। किनभने आधुनिक औषधि बिज्ञान बजारको नाफामा आधारित छ। अन्तर्राष्ट्रिय औषधी निर्माताहरु बजारमा आएको एक सय बर्ष भन्दा केही बढी भयो ।

तर उनीहरुको बजारमा आधारित प्रचार यन्त्रले हजारौ. बर्षदेखि प्रयोगमा रहेको चिकित्सा पद्दतिलाई “बैकल्पिक” उपचारको जामा जगाइदिएको छ । उनीहरु उपभोक्तालाई यस्ता कुरा जानकारी नहोस भन्ने चाहन्छन ।

क्यान्सर खतरनाक रुपले बिकसित भैसकेपछि गरीब मुलुकका रोगीहरुले रेडिएशन र केमोथेरापी गर्न घरबार बेच्नुपरेको उदाहरण हामो समाजमा थुप्रै छन्। तर क्यान्सर लागेको पहिलो चरणमै नियमित रुपले बेसार सेवन गर्दा दोहोर्याएर महँगो औषधि नखाए पनि हुन्छ।

बेसारमा “पोलिफेनोल” नामक रसायन हुन्छ, जो “कर्क्युमिंन” नामक तत्वले भरिपूर्ण हुन्छ। यसले क्यान्सरका क्यान्सरग्रस्त कोषहरुलाई नष्ट मात्र गर्दैन, नयाँ कोषहरुको उत्पादनलाई पनि सघाऊँछ। यसबाहेक विकारयुक्त कोषहरुलाई प्रशोधन गर्न समेत यसको सहयोगी भूमिका हुन्छ।

बेसारलाई काटेको घाउमा “एण्टिबायोटिक” को रुपमा प्रयोग गर्नुका साथै दंतमन्जन बनाउन सकिन्छ। हामीले पारम्परिक रुपमा तरकारीमा प्रयोग गर्ने बाहेक, बेसारलाई सूप, जुस, चिया र सलादमा मिसाएर पनि खान सकिछ। पूर्वीय सभाय्तामा सौन्दर्य सामग्रीहरुमा बेसारको प्रयोग केवल रंगको लागी गरेको होइन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved