सरकारले नै स्वास्थ्य विमा गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 03:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम व्यहोर्ने तयारी गरिरहेको छ । सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको हुदा बिमा रकम सरकार आफैले बेहोर्ने तयारी गरिरहेको राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले बताए । 

अर्थमन्त्री खतिवडाका अनुसार, गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क तयार हुने क्रममा छ, तथ्याङ्क प्राप्त भएपछी उलेखित संख्या अनुसार स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्ने छ । हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत व्यहोर्ने गरेको छ । विसं २०७२ चैत २५ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । हालसम्म ती जिल्लाका १५ लाख ७१ हजार ४८८ नागरिक बीमामा आवद्ध छन् । बोर्डले एक वर्षभित्र सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारी रहेको खतिवडाको भनाइ छ । 

मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताए । यसका लागि स्थानीय, प्रदेश र सङ्घको ध्यान जानुपर्ने उनको भनाइ छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved