चितवनमा  इन्सेक्ट कलेक्टर टोली परिचालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 03:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने पटिहानीमा डेंगु तथा स्क्रब टाइफसको संक्रमण बढिरहेकाबेला चितवनमा कीटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञद्वारा अध्ययन  (भेक्टर सर्भे) थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ‘तीन दिनदेखि यहाँ कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन भइरहेको छ’, साथै हेटौंडाबाटसमेत विशेषज्ञ टोली संलग्न छन्।कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमारले बताए।  

गत  वैशाखमा चितवनको पटिहानीमा डेंगु रोगका कारण एकजनाको ज्यान गएको थियो । सोही क्षेत्र आसपास तथा छितामाई क्षेत्रमा अध्ययन भइरहेको केसीले बताए ।मुख्यगरी डेंगु, मलेरिया, जापनिज इन्सेफ्लाइटिस, कालाजार लगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन भइरहेको जनाइएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टर टोली परिचालन भएका छन् ।उक्त तालिम केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयले एकीकृत सर्भे सुरु गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिए ।

नेपालमा सबैभन्दा बढी स्क्रब टाइफस र डेंगु  मलेरिया लगायत रोगको संक्रमण चितवनमा देखिँदै आएको छ।चितवनमा अहिलेसम्म डेंगुबाट ६२१ जना बिरामी भएका छन् भने स्क्रब टाइफसबाट ४७१ जना समेत बिरामी परेका छन् । 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved