डायबेटिजबाट हुनबाट कसरी जोगिने? पढ्नुस डाक्टरको टिप्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 25, 2016 | 01:07:19 PM मा प्रकाशित

laxmi  sunrise bank

खानपान, रहनसहन तथा वंशानुगत संक्रमणबाट मानिस मधुमेह (डायबेटिज) को रोगी बन्न सक्छ । वंशाणुगत संक्रमणबाट लाग्ने डायबेटिज रोक्न सकिँदैन । तर, खानपान, रहनसहन आदिमा अनुशासन अपनाएर डायबेटिज लाग्न नदिन अथवा यसलाई लामो समयसम्म पर धकेल्न सकिन्छ ।

डायबेटिजबारे बुझ्नुस्
डायबेटिज के हो, कसरी लाग्छ र यसको असर के हुन्छ भन्ने बारे राम्रोसँग बुझ्नुपर्छ । डायबेटिजबारे बुझेपछि यसको रोकथामप्रति सचेत भइन्छ र त्यहीअनुसार गतिविधि गर्न थालिन्छ ।

खाना घटाउनुस्
शरीर मोटो छ अथवा मोटाउने छाँटकाँट शरीरले देखाएको छ भने खानाको मात्रा घटाउन थालिहाल्नुपर्छ । यसका लागि खानुअघि एक ग्लास पानी पिउने गर्नुपर्छ, जसले गर्दा प्रखर भोक हराउँछ । फलफूल आदिको मात्रा पनि घटाउनुपर्छ ।

व्यायाम गर्नुस्
नियमित व्यायाम गरेर शरीरलाई सक्रिय राख्ने गर्नुपर्छ । दिनहुँ ३० मिनेटजति व्यायाम गर्नुपर्छ । यसो गर्दा शरीरको मोटाइ बढ्न पाउँदैन र रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ ।

वजन घटाउनुस्
शरीरको वजन बढी छ र चिनीको मात्रा बढी छ भने वजन घटाउने काम सुरु गरिहाल्नुपर्छ ।

ब्रेकफास्ट लिनुस्
ब्रेकफास्ट लिने बानी छैन भने आजैदेखि बानी लगाउन थाल्नुस् । बिहान स्वास्थ्यकर ब्रेकफास्ट लिनुभयो भने बाँकी दिन भोक लागिरहने हुँदैन । जसले गर्दा कम खाने बानी बस्छ ।

चिल्लोचाप्लो नखानुस्
जंक फुड, स्ट्रिट फुड आदिमा चिल्लोचाप्लो पदार्थ बढी हुन्छ । यस्ता खानाले शरीरमा कोलेस्टरोलको तह बढाउँछ । साथै, रगतमा चिनीको मात्रा पनि बढ्न पुग्छ । त्यसैले यस्ता खानाबाट टाढै रहनुपर्छ ।

चिनीयुक्त पेय नखानुस्
अल्छी लागेको बेला तलतल मेटाउन चिया, कफी, चिसो पेयपदार्थ, सर्बत आदि खाने गर्नुभएको छ भने यस्तो पदार्थको सेवन कम गर्नुस् । दूध, चिनी नहालेको चिया आदि खाने गर्नुपर्छ ।

सलाद खानुस्
दिउँसोतिर अथवा पेय पदार्थसँग स्न्याक्स लिन मन लाग्यो भने सलाद लिने गर्नुपर्छ ।

शाकाहारी खानामा जोड दिनुस्
मांशाहारी खानाले डायबेटिज लाग्ने सम्भावना बढाउँछ । त्यसैले शाकाहारी बन्ने कोसिस गर्नुपर्छ ।

तनावरहित बन्नुस्
तनाव लिनुभयो भने रगतमा चिनीको मात्रा बढ्ने भएकाले तनावरहित हुन खोज्नुपर्छ । यसका लागि योग, ध्यान, प्राणायाम आदि गर्नुपर्छ ।

पर्याप्त सुत्नुस्
हरेक दिन छ घण्टाभन्दा कम सुत्ने गर्नुभयो भने रगतमा चिनीको मात्रा बढ्न पुग्छ र डायबेटिज लाग्ने जोखिम बढ्छ । पर्याप्त सुतिएन भने भोक बढी लाग्ने पनि हुन्छ ।

पानी प्रशस्त खानुस्
पानी बढी खाए रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ र डायबेटिज लाग्ने जोखिम कम हुन्छ ।

बेला–बेला चेक गराउनुस्
डायबेटिजको लक्षण बाहिर नदेखिने खालको हुन सक्ने भएकाले बेला–बेलामा रगत परीक्षण गराइरहनुपर्छ ।

घाम ताप्नुस्
बिहानीपखको घाममा जीउ सेकाउनाले शरीरमा भिटामिन–डीको ‘इन्टेक’ बढ्छ । यसले रगतमा चिनीको मात्रलाई सन्तुलनमा राख्ने अमेरिकास्थित लोयोला विश्वविद्यालयले गरेको अनुसन्धानले देखाएको छ ।

फाइबरयुक्त खाना बढी खानुस्
मकै, ब्रोकाउली, भ्यान्टा, बन्दाकोभी, स्ट्रबेरी, राजमा, च्याउ, सुन्तलाजस्ता फाइबर बढी पाइने खानामा जोड दिनुस् । यिनले रगतमा चिनी र इन्सुलिनको मात्रालाई सन्तुलनमा राख्न मद्दत गर्छन् ।

ग्रिन टी खानुस्
ग्रिन टी उत्तम ‘एन्टिअक्सिडेन्ट’ पनि हो । यसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्छ ।

चुरोट छोड्नुस्
डायबेटिज लाग्ने जोखिममा हुनुहुन्छ भने चुरोट खान आजैदेखि बन्द गर्नुस् । चुरोट खानाले डायबेटिज रोक्ने हार्मोनको उत्सर्जन कम हुन जान्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved