'नेपालमा औषधि उत्पादन गर्ने ६२ उद्योग छन्, अभाव हुदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2020 | 03:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल औषधी उत्पादक संघले नेपालमा औषधि अभाव नहुने बताएको छ । संघले आज पत्रकार सम्मेलन गर्दै तीन महिनासम्मको सामान्य बजारको लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ एंव प्याकिङ सामाग्री मौजात रहेको जनाएकोले औषधि अभाव नहुने जनाएको हो । 

संघका अनुसार चीनबाट समेत कच्चा पदार्थ आईरहेको छ । ‘भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका छौं । विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चा पदार्थ खरिद गरी औषधिको अभाव हुने दिने छैनौं,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ  ।’ 

संघले सरकारलाई औषधि आपूर्तिका लागि अन्य देशसँग हार–गुहार गर्नुभन्दा आफ्नै देशका उद्योगीसँग सहकार्य गर्न आग्रह गरेको छ । 

संघका अनुसार हाल नेपालमा एलोप्याथिक औषधि उत्पादन गर्ने ६२ उद्योग छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved