नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 01:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्र अन्तर्गतको संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले दक्षिण एसियामा ४ लाख ४० हजार बालबालिकाको मृत्यु हुन् सक्ने चेतावनी दिएको छ । यस क्षेत्र स्वास्थ्य प्रणाली पहिले देखि नै कमजोर रहेको र कोरोना भाइरसको कारण झन् कम्जोर हुने भएकोले युनिसेफले ठुलो संख्यामा बालबालिकाको मृत्यु हुन् सक्ने चेतावनी दिएको हो  ।

युनिसेफले ६ महिनाको अवधिमा यी बालबालिकाले ज्यान गुमाउन सक्ने जनाएको हो  । लकडाउनको कारण स्वास्थ्य प्रणाली कमजोर बनेको र बालबालिकाहरु नियमित स्वास्थ्य सेवाबाट समेत बन्चित भएकोले यस्तो प्रक्षेपण गरिएको युनिसेफले जनाएको छ  । जोन हप्किन्स बलमबर्ग स्कुल अफ पब्लिक हेल्थ गरेको अनुसन्धानले यस्तो निस्कर्ष निकालेको हो  ।

अनुसन्धानमा खराब परिस्थितिमा अबको ६ महिनामा भारतमा ३ लाख, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा १३ हजार र नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुन् सक्ने उल्लेख छ  । यी बालबालिका ५ बर्ष भन्दा कम उमेरका हुने अनुसन्धानमा उल्लेख छ  । यस्तो हुन् नदिन अहिले नै कदम चाल्नु पर्ने युनिसेफले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved