स्वास्थ्य मन्त्रालयका विवादित सचिव तानिए, स्वास्थ्यको जिम्मेवारी अब अर्याललाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 12:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ । तीन महिना अघि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा पुगेका सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्यण अर्याललाई स्वास्थ्य सचिवका रुपमा पठाइएको छ ।

कोरोना भाइरसको अहिलेको जटिल अवस्थामा कार्यसम्पादनमा खोट देखिएको भन्दै उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो । सचिव कोइरालामाथि चिकित्सकहरुमाथि दुव्र्यवहार गरेको आरोप समेत लाग्दै आएको छ । सचिव अर्यालले आगामी आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved