काठमाडौँ महानगरले ९ वडाका साढे ५ सयको कोरोना परिक्षण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 11:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले विभिन्न ९ वडामा पिसीआर परीक्षणको लागि स्वाब संलकन गर्ने भएको छ । बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म ९ वडामा साढे ५ सय बढीको पिसीआर टेस्ट गर्ने महानगरले तयारी गरेको छ । 

कोरोना भाइरस संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ९ वटा वडामा रहेका व्यक्तिहरु  कन्ट्याक्ट ट्रेसिङ्गमा परेपछि स्वाब संलकन गर्न लागिएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । उनका अुनसार बिहीबार वडा नम्बर ८, २८ र २९ मा बिहान ११ बजे एक÷एक सय जनाको टेस्ट गरिनेछ । यसैगरी वडा नम्बर २०, २१, २३ र २४ मा एक सय २० जनाको दिउसो १२ बजे, वडा नम्बर ३ र ६ मा दिउसो २ बजे ३० र ५५ जनाको परीक्षण गरिनेछ । 

महानगरले कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ३५ सय बढीको पिसीआर परीक्षण गरिसकेको जनाएको छ । बिहीबार महानगरकै स्वास्थ्यकर्मीबाट स्याव संलकन गरेर परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने डंगोल बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved