अमेरिकाले नेपाललाई दियो १०० थान भेन्टिलेटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2020 | 01:09:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले नेपाललाई १०० थान  भेन्टिलेटर सहयोग प्रदान गरेको छ ।  सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत नेपाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिए । उनले भने ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ ।  नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए। उनले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिएको जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved