कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2024 | 03:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ । 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ । 

कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४–२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्याङ्कन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved